© २०२३
बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले निर्णय फिर्ता गरेको छ। रुपन्देहीमा कार्यकर्ताको तीब्र दबाबपछि पार्टी केन्द्रले रुपन्देही २ मा उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता खिमलाल भट्टराईले बताए। उनका अनुसा नेकपा एमालेले रुपन्देही क्षेत्र नं २ मा बिष्णु पाैडेललाई नै उम्मेदवार बनाउने भएकाे छ।
रुपन्देहीका पार्टी कार्यकर्ताको दवाव पछि केन्द्रले उक्त निर्णय सच्याएर रुपन्देहीकाे क्षेत्र नं २ मा पाैडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हाे। सनिवार राति केन्द्रीय सचिवालयले एमाले उपाध्यक्ष बिष्णु पाैडेललाई पाल्पाको क्षेत्र नं २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।