Butwal Today

यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित)

३ माघ २०८२, शनिबार
अ+
अ-

बुटवल। नेकपा (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंग्याएको छ । शनिबार (माघ ३) बसेको सचिवालय बैठकले उमेदवारको टुंगो लगाएको हो । एमालेले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधि सभा उम्मेदवार टुंगो लगाउँदा केही निर्वाचन क्षेत्रहरु भने अझैपनि खाली राखेको छ। अध्यक्षले टुंगाउने र महासचिवको इच्छा बुझेर टुंगाउने भन्दै एमालेले रुपन्देही १ र २, दाङ १ र २, कपिलवस्तु २, बाँके २ र रुकुम पूर्व खाली राखेको छ।

यी हुन् लुम्बिनी प्रदेशका जिल्लाहरुका उम्मेदवारहरु

लुम्बिनी प्रदेश
नवलपरासी

१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव

रुपन्देही
१. अध्यक्षले टुंग्याउने
२. अध्यक्षले टुंग्याउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुंग्याउने
५. खिमलाल भट्टराई

कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुंग्याउने
३. बिरेन्द्र कडौनिया

दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंग्याउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंग्याउने
३.  घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार

बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक

पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व
१. अध्यक्षले टुंग्याउने

रोल्पा
१. गोकुल घर्ती

प्युठान
१. सूर्यबहादुर थापा

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?