Butwal Today

टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ। आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो।

आयोगले बुधबार विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। अब सभापति थापा नेतृत्वको कांग्रेसले रुख चुनाव चिह्न र चारतारे झन्डासमेत पाउने भएको छ।

यता सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने आधिकारिकता नपाएमा आफूहरू देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?