ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

बुटवलमा माघ १ गते ‘रम्मिताको पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै

२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

बुटवल । प्रेम, संगीत र प्रत्यक्ष सांगीतिक प्रस्तुतिको उत्सवका रूपमा ‘रम्मिता को पिरती’ म्युजिकल इभेन्ट टुर बुटवलमा आयोजना हुने भएको छ । माघ १ गते बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिआइसीसीमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

इभेन्ट इन बुटवल र माकाडक्स इभेन्टको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा समिर श्रेष्ठ फिचरिङ गुडबोइज, द हुलाकी, कुशल पोखरेल, महेश काफ्ले, आना शर्मा र धिराज मगरले प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

साथै कार्यक्रममा एक विशेष ‘सरप्राइज आर्टिस्ट’ को समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । ‘रम्मिता को पिरती’ फिल्मको सांगीतिक टुर अन्तर्गत यो कार्यक्रम बुटवलबाट सुरु हुन लागेको हो ।

इभेन्ट इन बुटवलका सञ्चालक अतीत थापाका अनुसार प्रेम र सांगीतिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको यो कार्यक्रम युवापुस्ताका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

माकाडक्स इभेन्टका प्रतिनिधि सन्देश केसीले कार्यक्रममा करिब ३५ जना कलाकार तथा प्राविधिकको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र दर्शकलाई गुणस्तरीय लाइभ म्युजिक अनुभव गराउने लक्ष्य लिइएको छ ।

दर्शकका लागि ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने टिकट ई–सेवामार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ । माघ १ गते अपराह्न ३ बजेदेखि गेट खुल्ने थापाले जानकारी दिए । साथै, टिकट खरिद गर्ने दर्शकले फ्रेन्स सिनेमा ‘रम्मिता को पिरती’ फिल्म निशुल्क हेर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ ।

थापाका अनुसार बुटवलकै उत्कृष्ट साउण्ड मानिएको ट्रु साउण्डको साउण्ड सिष्टम प्रयोग गरिने कार्यक्रमको होस्ट राजेश सिन्जालीले गर्नेछन । हालसम्म करिब १ हजार टिकट बिक्री भइसकेको र थप १ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?