ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

माछा पालक किसानका लागि महोत्सव

२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

भैरहवा, २८ पुस । 

सियारी गाउँपालिकाको आयोजनामा आगामी माघ १९ गतेदेखि २५ गतेसम्म छपियामा “सियारी माछा तथा कृषि महोत्सव” आयोजना हुने भएको छ ।

कृषि तथा माछा पालन क्षेत्रको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार कृषि र माछा पालनलाई प्रवर्द्धन गर्दै किसानलाई उत्प्रेरित गर्न महोत्सव महत्त्वपूर्ण अवसर बन्नेछ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार आवश्यक बजेट व्यवस्थापन गरी महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले माछा तथा कृषि महोत्सवको मुख्य उद्देश्य सियारीलाई लुम्बिनी प्रदेशसहित देशैभरि ‘माछाको हब’ को रूपमा स्थापित गर्नु रहेको बताए । “सियारी माछा उत्पादनमा मात्रै होइन, कृषि क्षेत्रमा पनि अग्रणी स्थानमा छ,” अध्यक्ष घिमिरेले भने, “यहाँ उत्पादन भएका माछा, माछाजन्य परिकार र कृषिजन्य उत्पादनलाई राष्ट्रिय स्तरसम्म चिनाउने हाम्रो लक्ष्य हो ।”

महोत्सवमा सियारी गाउँपालिकामा उत्पादित ताजा माछा, माछाका परिकारहरू (सुकुटी, अचार, फ्रोजन माछा) सहित विभिन्न कृषिजन्य सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

यसका साथै ढाका कपडा, मह उत्पादन, तरकारी बाली, पशुपालन तथा यससँग सम्बन्धित व्यवसाय पनि महोत्सवको आकर्षण रहनेछन् ।
महोत्सवमा सियारी गाउँपालिकाका माछा पालक, किसान तथा व्यवसायीहरूका लागि स्टल दर्ता शुल्क अधिकतम ५ सय रुपैयाँ मात्र लिने निर्णय गरिएको छ ।

बाहिरी व्यवसायीको हकमा भने शुल्कबारे छलफल भइरहेको जनाइएको छ । महोत्सवलाई बुटवल उद्योग वाणिज्य सङ्घले प्राविधिक सहयोग गरिरहेको छ । यद्यपि महोत्सवमा कति वटा स्टल रहने र यसको बजेटबारे आयोजकले केही बोलेका छैनन् ।

गाउँपालिकाका अनुसार हाल सियारीमा ३५० घरपरिवार माछा उत्पादनमा सूचीकृत छन् । अन्य किसानसमेत जोडिँदा यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सियारी गाउँपालिकामा करिब ६१५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ, जहाँ प्रति हेक्टर वार्षिक १०.५० मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

त्यसै गरी पालिकाको कुल कृषि योग्य जग्गा २४,७३५ हेक्टर रहेको छ । अध्यक्ष घिमिरेका अनुसार सियारी गाउँपालिकाले १० कट्ठाभन्दा कम क्षेत्रफलमा माछा पालन गर्ने कृषकलाई प्रति किलो ५ रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै दुग्ध उत्पादक किसानलाई प्रति लिटर २ रुपैयाँ ५० पैसा अनुदान सोझै किसानको खातामा पठाइने व्यवस्था गरिएको छ । सियारी गाउँपालिकाले नेपालमै पहिलो पटक प्रतिघर मासिक ८ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

त्यसै गरी प्रदेशमै पहिलो पटक पालिकावासीका लागि निःशुल्क रगत तथा मोतिया बिन्दुको शल्यक्रियाको व्यवस्था गरिएको उनको भनाइ छ ।
महोत्सव सफल बनाउन सबै राजनीतिक दल, पत्रकार, सामाजिक अगुवा र विभिन्न सङ्घ–संस्थाको सहकार्य र सुझाव आवश्यक रहेको अध्यक्ष घिमिरेले बताए ।

“यो महोत्सव सियारीको पहिचान र किसानको सम्मानसँग जोडिएको छ,” उनले भने, “सबैको साझा प्रयासले मात्र यसलाई सफल बनाउन सकिन्छ ।”

आइतबार महोत्सवको बारेमा आयोजना भएको छलफल कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष तारा थारु सहित बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल, कोषाध्यक्ष वसन्त ढकाल, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मत्स्य अधिकृत शोभाकर पाण्डे लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?