Butwal Today

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

२७ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएका उनको त्यहीँ निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?