ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सेतो कोटको सपना !

मर्चवार जस्तो दुर्गम क्षेत्रको अति विपन्न परिवारमा जन्मिएर हुर्किएका रामचन्द्रले सीमित साधन, कठिन परिस्थिति र निरन्तर अभावका बिच पनि आफ्नो लक्ष्य छोडेनन् । एमबिबिएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

भैरहवा, २६ पुस ।

मर्चवारको माटो, जहाँ जीवन आफैँ एक सङ्घर्ष हो, त्यहीँबाट एउटा असाधारण सपना जन्मियो—चिकित्सक बन्ने ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ५, देवानडिह गाउँमा बस्ने २२ वर्षीय युवा रामचन्द्र मल्लाह माझीको जीवन कथा सङ्घर्ष, धैर्य र अटुट मेहनतको जिउँदो उदाहरण हो । मर्चवार जस्तो दुर्गम क्षेत्रको अति विपन्न परिवारमा जन्मिएर हुर्किएका रामचन्द्रले सीमित साधन, कठिन परिस्थिति र निरन्तर अभावका बिच पनि आफ्नो लक्ष्य छोडेनन् ।

आज उनी एमबिबिएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्, जुन उनको मात्र होइन, सम्पूर्ण गाउँ र समुदायका लागि गर्वको विषय बनेको छ ।
रामचन्द्रको परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।

रोइनिहवाबाट थुम्हवा जाने बाटो छेउमै दुई वटा फुसका झोपडी छन् । एउटामा उनको परिवार बसिरहेको छ भने अर्को गोठ हो । बाटो पारी एउटा अर्को सानो कटेरो छ, जहाँ रामचन्द्रसहित उनका हजुरबुवा, बुवा–आमा तथा चार जना दाजुभाइ र बहिनीहरू हुर्किए । न पक्की घर, न नियमित आम्दानी—यही हो रामचन्द्रको बाल्यकालको परिवेश ।

उनका बुवा इन्द्रजित मल्लाह माझी र आमा प्रेमलता मल्लाह माझीको जीविकोपार्जन खेतीपाती, माछा मार्ने र सिँगडा लगाउनेजस्ता परम्परागत पेसामै निर्भर छ । घरमा कुनै स्थायी आम्दानीको स्रोत छैन । दिनहुँको गुजारा चलाउनै सङ्घर्ष गर्नुपर्ने अवस्थाबिच पनि यो परिवारले छोराछोरीको पढाइलाई कहिल्यै बोझ मानेन ।

बुवा इन्द्रजित र आमा प्रेमलताले आफ्नै दुःख–सुख बिर्सेर खेतमा पसिना बगाउँदै, माछा मार्दै र सिँगडा लगाएर कमाएको सानो आम्दानी छोराको पढाइमा लगानी गरे । छोराको भविष्य उज्यालो होस् भन्ने एउटै चाहनाले उनीहरूले अनेक अभाव सहनुप-यो ।

सानैदेखि पढाइमा लगनशील रामचन्द्रले अभावलाई आफ्नो कमजोरी होइन, प्रेरणा बनाए । किताब किन्न गाह्रो, ट्युसन पढ्न असम्भव र सुविधाको कल्पनै गर्न नसकिने अवस्थाबिच पनि उनले आफ्नो मेधा र निरन्तर परिश्रमबाट चिकित्सक बन्ने सपना बुन्दै लगे ।

आमाबुवा विपन्न भए पनि उनको प्रारम्भिक शिक्षा भने सिलौटिया बागेश्वरी बोर्डिङ स्कुलबाट दिलाइयो । मेहनत गरेर पढेका उनलाई त्यहाँका शिक्षकको सहयोगमा भैरहवाको साई ग्लोबल एकेडेमीमा निःशुल्क रूपमा १२ कक्षासम्म अध्ययन गराइयो ।

१२ पछि भने रामचन्द्रको सङ्घर्ष थप बढ्यो । उनले गाउँनजिकका साथीको सल्लाहमा एमबिबिएसको तयारी कक्षाहरू लिन थाले । यसको लागि बुटवलमा पढिरहेका साथीहरूको डेरामा बसेर उनले तयारी गरे । पहिलो पटक कोभिडको समयमा उनले पहिलो प्रयास गरे तर सफल हुन सकेनन् ।

“लकडाउनकै कारण होला, सात महिनापछि नै अर्को प्रवेश परीक्षा सुरु भयो, त्यसमा पनि प्रयास गरेँ तर सफल भइनँ ।  यद्यपि राम्रो अङ्क आएकोले यसलाई निरन्तरता दिने अठोट गरेँ,” मल्लाहले भने । “तेस्रो पटक एमबिबिएससँगै बीडीएस, बी फार्मा र बीपीएचको पनि तयारी गरेँ ।”

तर चार वटै परीक्षा एकै पटक तयारी गर्दा उनलाई सहज भने भएन । मर्चवारमा इन्टरनेटको ठुलो समस्या छ । त्यही समयमा उनका काका नाता पर्ने व्यक्तिको घरमा सुविसुको इन्टरनेट जडान थियो । कहिले काकाकहाँ त कहिले मोबाइलमै डाटा प्याक किनेर उनले तेस्रो पटक तयारी गरे । तेस्रो पटक बी फार्मा र बीपीएचमा राम्रो नतिजा ल्याए पनि एमबिबिएसमा फेरि पनि उनी सफल भएनन् ।

“बी फार्मा र बीपीएचमा राम्रो अङ्क आएकोले पूर्ण छात्रवृत्तिमा यही विषय पढ्न धेरैले सल्लाह दिनुभयो, तर एक पटक फेरि प्रयास गर्छु भन्दै चौथो पटक एमबिबिएसको तयारी थालेँ,” उनले भने । “चौथो पटकमा ४४६ रैंकमा नाम आयो, वर्षौँको मेहनत सफल भएको अनुभूति भयो ।”

उनको सफलतामा परिवारको निःस्वार्थ त्याग र योगदान पनि लुकेको छ । दाजु दीपक मल्लाह माझीले पारिवारिक जिम्मेवारी सम्हाल्दै रामचन्द्रलाई पढाइमा ध्यान दिन सहज हुने वातावरण बनाए । बहिनीहरू प्रेमलता र प्रेमशीला घरायसी काममा हातेमालो गर्दै दाजुको सपना पूरा होस् भन्ने चाहनासहित निरन्तर साथ र हौसला दिइरहे ।

परिवारका हरेक सदस्यको त्याग, सहयोग र विश्वासले नै कठिन क्षणहरूमा पनि अघि बढ्ने शक्ति दिएको रामचन्द्रको भनाइ छ । रामचन्द्रले खुला तर्फ प्रवेश परीक्षामा नाम निकालेका छन् । “आरक्षणमा पर्न सामुदायिक विद्यालयमा पढेको हुनुपर्छ भन्ने थाहा नै पाइनँ,” उनले भने, “सामुदायिक विद्यालय पढेको भए सायद पहिलो प्रयासमै नाम निकाल्थेँ ।”

मल्लाहले मर्चवारमा विज्ञान विषयको पढाइ नहुनुले पनि लागत बढाएको गुनासो गरे । मर्चवार क्षेत्रमा हाल सम्मरीमाई गाउँपालिका, मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र मायादेवी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू पर्छन् ।

यत्रो ठुलो क्षेत्र भएको मर्चवारमा १२ कक्षासम्म विज्ञान विषय कहीँ पनि अध्यापन हुँदैन । “विज्ञान पढ्न चाहने मर्चवारका विद्यार्थीहरू महँगो कोठाभाडा, खाने खर्च र शुल्क तिरेर भैरहवा वा बुटवलतर्फ जान बाध्य छन्,” रामचन्द्रले गुनासो गरे, “मर्चवारमा प्रतिभा धेरै छन्, तर स्थानीय सरकारको अनुदारता र शिक्षामा लगानीको कमीका कारण उनीहरू ओझेलमा परेका छन् ।”

अहिले उनी जुम्लाको कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेजमा अध्ययनको तयारी गरिरहेका छन् । तर मनमा अनेक डर खेलिरहेका छन् । एमबिबिएस प्रवेश परीक्षा पास गरेको खुसीभन्दा पनि बस्ने, खाने, कापी–किताब र दैनिक खर्च कसरी धान्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाउनु ठुलो उपलब्धि भए पनि पढाइसँग जोडिएका अन्य खर्चहरू उनका लागि ठुलो चुनौती बनेका छन् । आर्थिक अभावका कारण भविष्यप्रति चिन्ता हुनु स्वाभाविक हो, जसले नाम निस्केको खुसीलाई समेत बिस्तारै ओझेलमा पार्न थालेको छ ।

माटोको चुल्होमा खाना पकाउँदै गरेकी आमा प्रेमलतालाई छोरीहरू हुर्किँदै गएको कारण उनीहरूको बिहेको चिन्ताले पनि सताइरहेको छ । छोरालाई साढे पाँच वर्ष के गरी बाहिर राखेर पढाउने भन्ने अर्को चिन्ता पनि थपिएको छ ।

बुवा इन्द्रजित मल्लाह भने अहिले नै निराश छैनन् । “अहिलेसम्म जेनतेन पढायौँ, छोराले मेरो मात्र होइन, समग्र क्षेत्रको नाम उज्यालो बनाएका छन्,” उनले भने, “उपरान्त पनि भगवानले केही न केही सहारा दिनुहुनेछ ।”

रामचन्द्र मल्लाह माझीको कथाले स्पष्ट देखाउँछ कि स्रोतको अभावले सपनालाई रोक्न सक्दैन, क्षेत्रले छेक्न सक्दैन । तर सफलता प्राप्त गरेपछि पनि आर्थिक सङ्घर्ष तुरुन्तै समाप्त हुँदैन ।

आज रामचन्द्रको चिन्ता भविष्यका खर्चहरू कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छ, ताकि उनले चिकित्सक बन्ने आफ्नो सपना मात्र होइन, परिवारले देखेको आशालाई पनि साकार पार्न सकुन् । मर्चवारको सानो गाउँ देवानडिहबाट एमबीबीएससम्मको यो यात्रा हजारौँ विपन्न विद्यार्थीहरूका लागि आशा, हिम्मत र प्रेरणाको उज्यालो दीप बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?