© 2026
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् ।
आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उनले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताइन ।
मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा रहेको बताइन । उनले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताइन ।
मन्त्रालयका सचिव डा विकास देवकोटाले आधारभूत स्वास्थ्य पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको कार्यक्रम बनाउन केही काम भइरहेको बताए ।