ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

दाङको गोर्खा स्कुलको खेलकुद सप्ताह समाप्त

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

दाङ, १५ पुस ।

गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तर्गत चारवटा सदन बनाएर गरिएको खेलकुदमा रातो सदन प्रथम भएको छ ।

प्रिन्सिपल मानसिंह घर्तीका अनुसार, रातो सदनले २१ स्वर्ण, ११ रजत, १२ कास्यसहित ४४ पदकका साथ विजेता बन्न सफल भएको छ । यस्तै, निलोे सदन ८ स्वर्ण, १४ रजत, १० कास्यसहित ३२ पदकका साथ दोश्रो भएको छ । हरियो सदन पनि ७ स्वर्ण, ८ रजत र ११ कास्यसहित २६ पदकका साथ तेश्रो भयो भने पहेँलो सदन ६ स्वर्ण, ९ रजत र ११ कास्यसहित २६ पदकका साथ चौथो भएको छ ।
अन्तर सदनात्मक एथ्लेटिक्स खेलको समापन तथा पुरस्कार वितरण गोर्खा ग्रुप तथा गोरखा स्कुल घोराहीका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीको प्रमुख आतिथ्यतामा भएको हो । विद्यार्थीहरुले शैक्षिक कृयाकलापसँगै अतिरिक्त कृयाकलापले आफुहरुको शिक्षण सिकाईमा निकै लाभ मिल्ने बताए ।

घोराहीमा रहेको गोरखा माविमा २ हजार ८ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीको स्वागत मन्तव्यबाट शुरुभयको थियो । यही पुस १६ गते शनिबार बिहान ८ बजेपछि रजत जयन्तीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल घर्तीले बताए ।

घोराहीसँगै हाल जिल्लाको तुलसीपुर, लमही, लालमटियामा पनि शाखा स्थापना गरी शैक्षिक गतिविधि संचालन गर्दै आएको गोरखा ग्रुपले घोराहीमा यही पुस १७ गते भव्य समारोहका बीच २५ औँ वार्षिकोत्सव एवम् रजत जयन्ती मनाउने तयारी भएको विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले जानकारी दिए ।

उता, लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ । देउखुरीको लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?