काठमाडौँ ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।
उनले उम्मेदवारी दिएका क्लस्टरबाट अन्यको उम्मेदवारी नपरेको कारण उनलाई निर्विरोध घोषणा गरिएको हो । निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले यस जानकारी दिएका छन् ।