© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन हुने जानकारी दिएको हो ।
महाधिवेशन पक्षधरको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गरेका छन् ।