Butwal Today

अर्घाखाँचीमै पहिलो पटक सन्धिखर्क ग्रिनले पायो आइएसओको लोगो

२३ पुष २०८२, बुधबार
अ+
अ-

अर्घाखाँची २३ पुस ।

अर्घाखाँचीको सन्धिखर्क  २ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय स्तरको  गुणस्तरीय शिक्षा प्रदान गर्ने आइएसो लोगो प्राप्त गरेको छ ।

सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुल अर्घाखाँचीकै गुणस्तरीय शिक्षा प्रदान गर्ने जिल्लाकै अब्बल विद्यालय हो । मन्टेश्वरी देखि कक्षा १० सम्म अध्यापन हुने यस विद्यालयमा १३  सय बढी  विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद भुसालले बताए ।

आज एक भव्य कार्यक्रमका बिच लोगो हस्तान्तरण गरिएको छ । कार्यक्रमको समुद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँचीमा पहिलो पटक ग्रिन बोर्डिङले अन्तर्राष्ट्रिय स्तरको  लोगो प्राप्त गरेको बताउँदै धन्यवाद दिए ।

उनले गुणस्तरीय शिक्षा प्रदान गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई आग्रह गरेका छन् ।  आइएसो सर्टिफिकेट मान्यता प्राप्त गर्ने प्रक्रियाको चरणमा आइएसो लोगो प्राप्त गर्ने सूचक पूरा गरेको भन्दै आइएसोका नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालयलाई लोगो प्रदान गरेका हुन् ।

आइएसो लोगो हस्तान्तरण कार्यक्रममा शिक्षा समन्वय इकाईका प्रमुख विष्णुराज वेल्वासेले विभिन्न सूचक पूरा गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न थालेको बताउँदै शिक्षाको गुणस्तर वृद्धि हुने बताएका छन् ।

विद्यालयले आइएसो अन्तर्राष्ट्रिय स्तरको  गुणस्तरीय शिक्षा तथा आइएसो प्रमाणपत्र प्राप्त गर्न आवश्यक मापदण्ड पूरा गरि अगाडि बढ्ने प्रक्रिया अन्तर्गत लोगो प्राप्त गरेको  विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, सहायक प्रधानाध्यापक नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका कम्पनी रजिष्टारका अध्यक्ष हुम प्रसाद बन्जाडे, एन प्याव्सनका प्रदेश सदस्य विष्णु शर्मा , शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमल प्रसाद घिमिरे, निवर्तमान अध्यक्ष तुल्सीराम खनाल, लगायतले  मन्तव्य राखेका थिए ।