© 2026
बुटवल। रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा बुटवल १० का भक्त बहादुर पछाइ र काठमाडौ टोखा नगरपालिका ७ धापसीका उमेश अधिकारी रहेका छन्। उनीहरु रुपन्देही जिल्ला अदालतको फैसला बमोजिम बैंकिङ कसुर मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
पछाइलाई अदालतले ३५ लाख जरिवाना र १५ दिन कैद सजाय तोकेको थियो भने अधिकारीलाई १ लाख ४७ हजार ३०० जरिवाना तोकेको थियो।