Butwal Today

रुपन्देहीमा लागूऔषधसहित एकजना पक्राउ

२३ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल। रुपन्देही प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ३ बस्ने दिपेन्द्र चाईलाई पक्राउ गरेको हो।

सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियामा सोधपुछ गर्दा आफ्नो घरको कोठामा लागु औषध ब्राउनसुगर लुकाई छिपाई राखेको बताएपछि उनलाई पक्राउ गरिएको हो।

चाईको घरबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित २८ ग्राम २९० मिलिग्राम, प्लाष्टिक बाहेक २६ ग्राम ३२० मिलिग्राम र डिजिटल तराजु थान-१ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।