Butwal Today

एमालेले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री

२३ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ। १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो।

एमालेले नेतृ रामकुमारी झाँक्रीसहितको नाम टुंगो लगाएको छ। झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन्।

यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मिनासिंह रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन।

जसअनुसार एमाले-कांग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ। यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो। मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन।