Butwal Today

तिनाउ नदीमा अवैध क्रसर सञ्चालन, सरकारी अधिकारी मौन

२३ पुष २०८२, बुधबार
अ+
अ-

पाल्पा। पाल्पाको तिनाउ नदीमा अवैध रुपमा क्रसर सञ्चालन भइरहेको छ। निर्माण व्यवसायीले निर्माणजन्य सामग्रीको अवैध तथा प्रचलित कानुन विपरित तिनाउ खोलामा क्रसर उद्योग सञ्चालन गरेका हुन्।

तानसेन नगरपालिका वडा नम्वर ९ मा सडक निर्माणका क्रममा अर्घाखाँचीको गोरखा जयमाता जेभीले तानसेन नगरभित्र पर्ने तिनाउ खोलामा क्रसर सञ्चालन गरेको छ।

झण्डै २६ करोडको लागतमा सडक निर्माणको अख्तियार प्राप्त निर्माण कम्पनीले खोलामा क्रसर सञ्चालन गर्दा सरोकारवाला निकाय भने मौन छन्।
तानसेन नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्यले खोलाभन्दा ५ सय मिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने बताउदै नगर प्रहरी पठाएर रोक्न आदेश दिने बताए।