Butwal Today

मुख्यमन्त्री कार्कीद्वारा नयाँ मन्त्री नियुक्ति, शपथ प्रक्रिया सुरु

२२ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसका पाँच र एमालेका पाँच गरी राज्यमन्त्रीसहित कुल १० जना मन्त्री नियुक्त भएका हुन् । यसअघि रहेका मन्त्रीहरूले अपेक्षित काम सम्पन्न गर्न नसकेपछि जनताका लागि देखिने काम गर्ने शैलीमा नयाँ मन्त्रीहरू नियुक्त गरिएको हो । नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरूलाई हालै सपथ गराइँदै छ । मुख्यमन्त्री कार्कीले नयाँ मन्त्रीहरू नियुक्त र जिम्मेवारी हेरफेर गरिएको जानकारी प्रदेश प्रमुख समक्ष दिएका थिए । लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।