© २०२३
बर्दिया। मैगर कृषि सहकारी संस्थाले थारु आलुको बीउ उत्पादन सुरु गरेको छ । बढैयाताल गाउँपालिका वडा नक्वर ५ मा रहेको मैगर कृषि सहकारी संस्थाले थारु आलु उत्पादन सुरु गरेको हो ।
लिर्बड संस्थाको आर्थिक सहयोगमा मैगर कृषि सहकारी संस्थाले दुई प्रकारको थारु आलु उत्पादन गर्न लागेको छ । यो वर्ष परीक्षणको लागि र बिउ उत्पादनका ३ कट्ठा जग्गामा १० केजी थारु आलु लगाएको मैगर कृषि सहकारी संस्थाका अध्यक्ष किसानी थारुले बताइन ।
यो थारु आलुको बिउ ५ ठाउँबाट सङ्कलन गरेर परीक्षणका लागि ल्याएको थारुले बताइन । ‘दाङ, कैलाली, बर्दियाको राजापुर, कृष्णपुर र लालझाडीबाट थारु आलुको बिउ ल्याएर लगाएको छौँ-उनले भनिन्, यो वर्ष परीक्षणको लागि हो र आवश्यक भएका माग गर्ने किसानहरूलाई पनि वितरण गर्नेछौं।’
उनले सहकारीकै लगानीबाट बिउ बैङ्कको स्थापना गरी बिउ उत्पादन गरेर किसानहरूलाई बिउ वितरण गर्दै आएको बताइन्।
मैगर कृषि सहकारी सँग समन्वय गरेर व्यवसायी रूपमा तरकार खेती गर्न लागेको बढैयाताल गाउँपालिका वडा नं ५ का किसान शिव प्रसाद थारुले बताए ।
‘पहिला हामी हाईब्रेड जातको तरकारीका बिउ घरमा खान पुग्ने मात्र लगाउने गरेका थियौँ । तर मैगर कृषि सहकारी संस्थाले रैथाने जातका बिउहरू अनुदानमा दिन सुरु गरेपछि हामीले व्यवसायी रूपमा तरकारी खेती गर्न लागेका छौँ । उत्पादन भएको तर नेपालगन्ज बजारमा लगेर बिक्री गरेका छौं’- किसान थारुले बताए।
सहकारीको सहुलयितमा हामीले १० कट्ठा खेतबाट व्यवसायी तरकारी खेती सुरु गरेको र १० कट्ठा थप लिजमा लिएर थप व्यवसाय बढाएको बढैयाताल गाउँपालिका वडा नं ५ कै किसान रातदिन थारुले बताए।
मैगर कृषि सहकारी संस्थाले कृषकहरूलाई बिउ वितरण देखि लिएर बचत गर्ने र कृषिका लागि सानो सानो विना धितो कर्जा समेत उपलब्ध गराउँदै आएको छ।