Butwal Today

केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक तथा काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्वनिर्णय फुकुवा गरेको हो ।

आयोगका अनुसार ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेको छ । सोधपुछ प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै फुकुवाको निर्णय गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

यसअघि आयोगको २०८२ असोज १२ गते बसेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण ओलीलाई काठमाडौँ उपत्यका छाड्न तथा विदेश जान रोक लगाएको थियो ।