Butwal Today

केपी ओलीलाई बयानका लागि आयोगको पत्र

२० पुष २०८२, आइतबार
अ+
अ-

 काठमाडौँ, २० पुस ।

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । सार्वजनिक रुपमा बयान दिन नजाने, किन जाने रु भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।

सरकारले असोज ६ गते कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको हो ।

तीन महिना म्याद पाएको आयोगले कामकारबाही नसकेपछि एक महिना थपिएको छ ।