Butwal Today

रास्वपाले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दै

२० पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिमा भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिने जानकारी दिएको छ । यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

भोलि हुने सभाबाट एकता प्रक्रिया पूर्ण हुने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।