© 2026
बुटवल ।
रुपन्देही–२ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलको नाम एकल रूपमा सिफारिस गरिएको हो ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । उनले भने, ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् । तर क्षेत्र नम्बर–२ बाट पौडेलको नाम एकल रूपमा सिफारिस भएको छ । अन्य क्षेत्रका नाम पनि बिस्तारै आउनेछन् ।’
रुपन्देही जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका छन् ।