Butwal Today

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो, सबै यात्रु सुरक्षित

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं-झापाको भद्रपुर विमानस्थलमा शुक्रबार बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ। जहाज चिप्लिएर धावनमार्गमा पुगेको हो। जहाजमा रहेका सबै यात्रु सकुसल छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ५१ जना यात्रुजहाजमा रहेकोमा सबैजना सकुशल छन्। तर, जहाजमा क्षति पुगेको छ।

काठमाडौं–भद्रपुर उडान ९०१ नम्बरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको जनाइएको छ। भद्रपुर विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार उद्धारको कार्य जारी छ । उडान नम्बर ९०१ काठमाडौंबाट ५१ यात्रु लिएर भद्रपुरका लागि उडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?