Butwal Today

गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक बालुवामा पुरिएको अवस्थामा फेला

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

 गुल्मी, १८ पुस ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४, फुलबारीस्थित चोरकाटे–शान्तिपुर सडक खण्डमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।

दुर्घटनामा परेको ट्याक्टर चालक, सत्यवती गाउँपालिका–६, खैरेनी निवासी करिब २४–२५ वर्षीय सुरज सार्की, घटनास्थलमै बालुवामा पुरिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको छ ।

घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी, गुल्मीबाट थप प्रहरी टोली खटाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।