Butwal Today

कालिका मानवज्ञान माविमा नतिजा प्रकाशन सँगै खाना महोत्सव

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

बुटवल  ।  

देशको सर्वोच्च  सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सँगै  फुड फेस्टिभल आयोजना गरिएको छ ।

बुटवल उपमहानलपारिका वडा नम्बर १० कालिका नगरमा रहेको सेक्टर १ र  सोही वडाको सेक्टर २  रामनगरमा नतिजा प्रकाशन सँगै खाना महोत्सव आयोजना गरिएको हो । विद्यार्थीहरूले आफूले तयार  गरेका मौलिक नेपाली खानाका परीकारहरु पकाएर  अभिभावकहरूलाई खुवाएका थिए ।

विद्यालयमा  आफ्ना सन्तानको नतिजा हेर्ने, सुन्न आएका अभिभावकहरूले आफ्नै सन्तानले पकाएका खानाका परीकारको स्वाद लिन पाउँदा मक्ख देखिएका थिए ।  विद्यार्थीहरूले सेल रोटी, चुकौनी, सहित ललिपप,  लगायतका  विभिन्न परीकारहरु बनाएका थिए ।

विद्यालयमा कक्षा ११ र १२ को होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले  खानाका परीकार बनाउनको लागि सहजीकरण गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीको खानाका परीकार बनाउनको लागि पूर्णपुरमा सहभागी रहेका कार्यक्रम संयोजक विद्यालयका शिक्षक ईबराज तिवारीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार विद्यार्थीहरूले सिकेको सैद्धान्तिक ज्ञान लाई व्यवहारिक रूपमा रूपान्तरण गर्नको लागि खाना महोत्सव आयोजना गरिएको जानकारी दिए  ।