Butwal Today

एन्फा निर्वाचन माघ २८ मा गर्ने निर्णय

१६ पुष २०८२, बुधबार
अ+
अ-

 काठमाडौं, १६ पुस ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन) गर्ने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन हुने निर्णय भएको एक सदस्यले जानकारी दिएका छन् ।

२०७९ असारमा निर्वाचित एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था छ ।

तर, एन्फाले फिफा विश्वकप लक्षित गर्दै अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरूको भनाइबीच उक्त निर्णय गरिएको हो ।

एन्फा कार्यसमितिका केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चार वर्षे कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए । तर, एन्फा नेतृत्वले बहुमतको आधारमा अर्ली इलेक्सनमा जाने निर्णय गरेको हो ।

विपक्षीहरूले नेतृत्व अयोग्य भन्दै विरोध गरिरहेको अवस्थामा, अध्यक्षले अर्ली इलेक्सनका लागि मैदान खुला गरेको नेतृत्व पक्षले बताएका छन् ।