Butwal Today

अत्यधिक चिसोका कारण घोराहीका विद्यालय तीन दिन बिदा

१५ पुष २०८२, मंगलवार
अ+
अ-

दाङ -दाङको घोराही उपमहानगरपालिकाले शीतलहरका कारण तीन दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

चिसो अत्यधिक बढेर जनजीवन प्रभावित भएपछि उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म सबै विद्यालयमा विदा दिइने जानकारी दिएको हो।

उक्त अवधिमा सामुदायिक तथा संस्थागत (निजी) सबै विद्यालय बन्द रहनेछन्। अत्यधिक चिसोका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?