Butwal Today

अत्यधिक चिसोका कारण बर्दघाटमा ३ दिन विद्यालय बिदा

१५ पुष २०८२, मंगलवार
अ+
अ-
नवलपरासी,पश्चिम्  ।
बर्दघाट नगरपालिकाले अत्यधिक चिसो र शीतलहरूका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा जाडो बिदा घोषणा गरेको छ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी सूचनाअनुसार मिति २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म (परिस्थितिजन्य तथा वर्षे बिदासँग मिलान गरी) जाडो बिदा दिइएको हो।
अत्यधिक चिसोका कारण विद्यार्थीहरू बिरामी पर्न सक्ने जोखिम बढेकाले सावधानी स्वरूप उक्त निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ। नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सो अवधिमा बिदा कार्यान्वयन गर्न अनुरोध गरेको छ।