Butwal Today

निर्वाचन प्रक्रिया रोक्न आयोगभित्र नाराबाजी

१४ पुष २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, १४ पुस ।

निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले “जेनजीका माग पूरा गर”, “निर्वाचन धोका हो”, “हत्यारालाई कारबाही गर” लगायतका नारा लगाएका थिए ।

नाराबाजीपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् ।