© २०२३
बुटवल ।
बुटवलमा रहेको हायात प्लेसले सञ्चालनको २ महिनामा पाहुनाबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताएको छ।
सन् २०२५लाई बिदाई गर्दै गर्दा हायात बुटवलका जनरल म्यानेजर तुसार नगरले नयाँ वर्ष २०२६मा रोजाइको पहिलो गन्तव्यका रुपमा राख्न आह्वान गरेको छ।
‘सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा, हायात प्लेस बुटवलले सञ्चालनको दुई महिनामै पाएको अपार माया र प्रतिक्रियाले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ। प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको हाम्रो लोकेसनलाई पाहुनाहरूले निकै रुचाउनुभएको छ’-उनले भनेका छन्-‘पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुको रूपमा रहेको बुटवलले अहिलेका यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेटेको छ।’
उनले काठमाडौँबाट छोटो हवाई दुरी तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट पनि सहज यात्राको दुरीमा रहेकोले, यात्रा र गन्तव्यको बीचको संगम स्थलका रुपमा हायात स्थापित हुने विश्वास व्यक्त गरेका छन्। उनले आराम र अर्थपूर्ण अनुभवको खोजीमा रहेका यात्रुहरूका लागि पहिलो रोजाइको गन्तव्य बन्न आतुर रहेको बताएका छन्।