Butwal Today

अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते

११ पुष २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची, ११ पुस ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर- १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जिप शुक्रबार  भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै  दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भूमिकास्थान- १० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

भूमिकास्थान नगरपालिकाले आजदेखि सुरु गर्न लागेको पालिका स्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगितामा भाग लिन जाँदै गरेको जिप दुर्घटना भएको हो । जिप दुर्घटना भएपछि राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका सम्पूर्ण खेलहरू स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?