ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमाण्डौ –

गएको मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन् ।

दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो । यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् । पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ । ब्याटिङतर्फ पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतकसहित ३ सय २३ रन बनाएर शीर्ष स्थानमा छन् ।

यस्तै कर्णाली याक्सका मार्क वाट १ शतक र १ अर्धशतकसहित २ सय ४६ रन बनाएर दोस्रो तथा चितवन राइनोजका रवि बोपारा ३ अर्धशतकसहित २ सय ३७ रन बनाएर तेस्रो स्थानमा छ । ब्याटिङतर्फ धेरै रन बनाउने नेपाली खेलाडीमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल छन्, उनले १ अर्धशतकसहित २ सय ८ रन बनाएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १ अर्धशतकसहित २ सय १ रन बनाएर रोहितलाई पछ्याइरहेका छन् । यस्तै बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेट लिँदै शीर्ष स्थानमा छन् ।

यस्तै सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो, काठमान्डुका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन् । काठमान्डुका कप्तान करण केसीले पनि १२ विकेट लिएका छन् । सुदूरपश्चिमले लिग चरणमा एउटा मात्रै हार बेहोर्यो । आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग पराजित भयो । विराटनगरले ५ वटा खेल जित्दा २ वटामा हार बेहोर्याे ।

विराटनगरले पहिलो संस्करणमा आफ्नै नाममा रहेको सर्वाधिक १ सय ९३ रनको कीर्तिमानलाई तोड्दै यसपालि २ सय २० रन बनायो । विराटनगरले शीर्ष स्थानको सुदूरपश्चिमलाई हरायो । साथै विराटनगरले विश्व क्रिकेटमा चर्चित दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई टोलीमा भित्र्यायो ।

काठमान्डुले पनि ५ वटा खेल जित्दा तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र विराटनगरसँग हार बेहोर्याे । काठमान्डुले पहिलो खेलमै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हरायो ।

नेपाली राष्ट्रिय टोलीका कप्तानको नेतृत्वमा रहेको लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि लगातार तीन खेलमा पराजित र तीन खेलमा लगातार जीत निकाल्दै प्लेअफमा पुग्यो । लुम्बिनीले जनकपुर र अहिले शीर्ष दुईमा रहेको विराटनगरलाई हरायो ।

पोखराले ३ खेलमा जीत र ४ खेलमा हार बेहोर्याे । पोखराले जनकपुरलाई हरायो । जिम्मी नीशम र एडम रोसिङ्टनजस्ता खेलाडी भए पनि तालमेल नमिल्दा पोखरा प्लेअफमा पुग्न सकेन । कर्णालीले २ खेलमा जीत र ५ खेलमा हार बेहोर्याे । कर्णालीले लुम्बिनी र जनकपुरलाई हरायो । जीतका साथ प्रतियोगिता शुरू गरेको चितवनले त्यसपछि लय गुमाउन पुग्यो ।

पहिलो संस्करणको विजेता जनकपुरले यसपालि बिर्सनलायक प्रदर्शन गर्याे । जनकपुर यसपालि एक मात्र जीत हात पर्दै तालिकाको पुछारमा रह्यो । जनकपुरले शुरूका ४ वटै खेल हार्न पुग्यो । जनकपुरले एकमात्र जीत निकाल्ने क्रममा चितवनलाई हरायो ।

एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् । पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिलेभन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध हुँदा एनपीएलको रौनक शहरदेखि गाउँसम्मै पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?