ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

पौवाका तीन शाखामा ‘न्यु ईयर ईभ’

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

बुटवल, ९ पुस ।

होटल पौवाले अँग्रेजी नया वर्षको स्वागतमा विशेष कार्यक्रमको तयारी गरेको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ नारासहित नया वर्ष सागितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।

पौवा होटलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाका तीन शाखा बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट शुरु हुने कार्यक्रमको तयारी पुरा भएको बताए । ‘सागितिक कार्यक्रममा प्रवेश निःशुल्क छ’– उनले भने । कार्यक्रममा खानाका परिकारका साथै कलाकारहरुको प्रस्तुती समेत रहेको उनले बताए । बुटवलमा प्रकाश दुधराज, मिलन नेवार, खुमन अधिकारी र गायक अफसर अलिको प्रस्तुति रहने छ । यसैगरी भैरहवामा नेपाल आईडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरिको प्रस्तुति रहने छ भने घोराहीमा नेपाल आईडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने उनले बताए ।

होटलमा सहुलियत मूल्यमा खानाहरु उपलब्ध हुने उनले बताए । स्थापनाको ६ वर्षको अवधिमा नै देशका ११ मुख्य शहरमा होटलको सेवा दिन सफल भएको उनले बताए ।
होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले मिशन हन्ड्रेडको लक्ष्यसहित अगाडि बढेको भएपनि कोभिड संक्रमणका कारण सुस्त गतिमा भईरहेको बताए । शाखा विस्तारको क्रममा संघीय राजधानी काठमाडौ र मधेश प्रदेश जनकपुरमा शाखा विस्तारको सम्भावना अध्ययन भैरहेको उनले बताए ।

होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले होटल ब्यवस्थापनमा नयाँ सोचका साथ सेवा दिन सफल भएको बताए । टिपिकल नेपालीपनको सेवा दिने गरी नया ढंगबाट सेवा दिन सफल भएको उनले बताए । नेपाली टिपिकल खानाका साथमा मरौठी चिकन र मरौठी पनिर पौवाको विशेषता भएको उनले बताए । नेपाली संस्कृति जगेर्नालाई प्राथमिकता दिएको उनले बताए ।

शिवरात्री, माघि, जन्माष्टमी, तिज, असार १५ मा दहि चिउरा खुवाउने, भजन क्रितन गर्ने जस्ता धर्मसंस्कृति जगेर्ना र प्रचारप्रसारमा लागेको उनले बताए । हाल बुटवल शाखामा ३५ क्षमता बेड, आकर्षक एक हजार क्षमताको बैङकट हल, सेमिनार हलहरु छन । बुटवल, भैरहवा, पाल्पा, रेसुङा, पोखरा, गोरुसिङे, भालुवाङ, लमही, घोराही, धनगढी, जुम्लामा शाखा रहेको छ । पौवाका ११ शाखामा दैनिक ७ सय ५० जनालाई बसाईको सेवा दिनसक्ने क्षमता रहेको छ । देशभरका ११ वटा शाखामा ४ सय ५० जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?