© २०२३
काठमान्डौ, ११ मंसिर ।
जाडो याम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । यस समयमा वर्षा कम हुने र हावाको गति न्यून हुने भएकाले धूलो र धुवाँको मात्रा बढ्दै जाने गर्दछ ।
कृषि क्षेत्रमा खेतमा आगो बाल्ने प्रचलनले पनि वायु प्रदूषण बढाउने प्रमुख कारण रहेको छ । साथै, उपत्यकामा सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, र उद्योगधन्दा तथा अन्य स्रोतबाट निस्कने हानिकारक ग्यासले काठमाडौँलाई विश्वकै प्रदूषित शहरमध्ये एक बनाएको छ ।
यस याममा उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको घना तह स्पष्ट देख्न सकिन्छ ।