ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९

सञ्चारिका समूहलाई उपाधि

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

बुटवल, ८ पुस ।

तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि संचारिका समूह रुपन्देहीले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पालाई ३–शुन्य गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।

उपाधिसंगै संचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता सिद्धबाबा मन्दिर विकास समितिको टिम नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समूहकी टिम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हुदै पुरस्कृत भईन । यसैगरी संचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पार्वती खत्री, अनुशासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन् ।

सचेत नारी, सचेत परिवार ः हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा शुक्रबार मोनालिसा फुटसल मैदानमा भएको फाईनल खेलमा संचारिकाको जितमा एलेक्स पाण्डेले २ तथा निरु गौतमले १ गोल गरेकी थिइन् ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रेडियोकी अध्यक्ष दीपु पोखरेल, रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को सहकार्यमा एक दिने महिला सशक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई कृषि विकास बैक लिमिटेड बुटवल, सिटिजन बैक, ग्लोबल आईएमई, एभरेष्ट, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, सिद्धबाबा मन्दिर विकास समिति, रोटरी क्लब अफ तिनाउ बुटवल, लायन्स क्लब अफ शंकरनगर बाटिका, ईनरह्लि क्लब अफ मिडटाउनको समन्वयमा गरेको थियो । प्रतियोगितामा रुपन्देही र पाल्पाका सहकारी, स्वस्थ्य स्वयंसेविका, आमा समुह, सामुदायिक वन, खानेपानी तथा पत्रकार क्षेत्रका महिलाहरुको १२ वटा टिमहरुले भाग लिएका थिए । प्रतियोगिताको पहिलो संस्कारको विजेता जनउत्थान सहकारी तथा दोस्रो लुम्बिनी प्रादेशिक अस्पतालको नर्सिङ स्टाफको समुह विजेता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?