ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल

२ मंसिर २०८२, मंगलवार
२ मंसिर २०८२, मंगलवार

काठमान्डौ, २ मंसिर ।

पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेपालमा वामपन्थी आन्दोलन नेताहरुको व्यक्तिगत सत्ता स्वार्थका कारण संकटग्रस्त बन्दै गएको बताएका छन् ।

भुसालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको सशक्त सन्देश नेताहरुले नसुनेझैँ गरी आफ्नो बाटोमा लफडा गरेको आरोप लगाए ।

उनी कम्युनिस्ट नेताहरुलाई छलफलका लागि आह्वान गर्दै यस महिना र आगामी निर्वाचनसम्म अझ ठूला राजनीतिक दुर्घटनाहरु हुनसक्ने चेतावनी दिएका छन् ।

भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि तीव्र आलोचना गर्दै भने, ‘आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म र मूल्यहीनताका कारण ओलीले पार्टीलाई भयानक दुर्घटनामा लैजानेछन् ।’ उनले थपे, ‘ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको मुख्य काम भनेको नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने अवस्थामा पुर्‍याउनु हो । सम्भवतः आगामी महाधिवेशनमा त्यो काम पूरा गर्ने छन् ।’

भुसालले यस्तो लेखेका छन् :

आउनुहोस साथी, छलफल गरौँ ।

नेताका सत्तास्वार्थले कब्जा गरेको हाम्रो वामपन्थी आन्दोलन सङ्कटग्रस्त छँदैछ । भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश नसुने झैँ गरेर सबै नेताहरुले बालुवामा टाउको घुसारेका छन् । यो महिना र आगामी निर्वाचनसम्म अझ ठुला दुर्घटना हुनेछन् ।

कमरेड ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन् । आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म, मूल्यहीनताबाट यिनले जति अर्को कुनै व्यक्तिले नेपालको राजनीतिक संस्कृतिलाई प्रदूषित गरेको थिएन । कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो । सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन् ।

कमरेड ओलीलाई त्यसमा ग्लानि हुने छैन, बरु आफ्नो ‘सामर्थ्य’मा अभिमान नै हुनेछ । त्यसबाट हुने क्षति मुलुकले पनि व्यहोर्नै पर्नेछ । कमरेड ओलीको दिशा र दशा दुनियाँले थाहा पाइसकेको हुँदा भन्नुपर्ने कुरा कम छन्, बरु देख्नुपर्ने घटना केही बाँकी छन् ।

विचार र मुद्दा सकिएका र अस्तित्व रक्षाले लखेटिएका ‘ठुला नेता’ जम्मा गरेर कमरेड प्रचण्डले ‘नेपाली कम्युनिस्ट पार्टी’का नाममा कचिङ्गलको कचहरी बनाएका छन् । ती कसैसँग पनि विचारको श्रृङ्खला छैन । हरेकका मुद्दा, उद्देश्य र प्राथमिकता फरक छन् । समाजवाद कसरी आउँछ रु वाम आन्दोलनको कार्यभार के हो ? क्रान्तिकारी पार्टी कसरी बन्छ ? कुन सन्धिरसम्झौता नेपालको हितरअहितमा छन् ? जस्ता विषय अगाडि राख्ने हो भने ती सबैको सबैसँग सार्वजनिक झगडा त्यसै क्षण सुरु भइहाल्छ ।

वस्तुतः विचार र मुद्दामा चुपचाप बस्नु नै त्यस पार्टीको शक्ति हो । कमरेड प्रचण्डले त्यो बुझेका छन् । त्यसैले त्यस्ता विषयमा कुनै पनि बैठकमा छलफल हुन दिने छैनन् । ‘विचार र मुद्दा चुनावपछि’ भनेर स्थगित गरिने छ । ती सबैका पद, हैसियत, मुद्दा र स्वार्थलाई ‘ठीक छ, ठीक छ’ भनेर कमरेड प्रचण्डले थामथुम पारिरहनेछन् ।

‘छ महिनामा महाधिवेशन गर्छौँ, त्यसपछि कार्यकारी पदमा रहन्नौँ’ भन्ने वाक्य यिनीहरुको प्रचारको सबैभन्दा मुख्य मुद्दा हो, विचार हो, सिद्धान्त हो, मार्क्सवाद–लेनिनवाद हो । तर सत्ता बाहिर बाँच्नै नसक्ने प्राणीका रुपमा यिनीहरु इतिहासमा अमर भइसकेका छन् । कमरेड ओलीले झैँ यिनीहरुले पनि गर्न बाँकी रहेको काम अझ एकपटक मतदातालाई झुक्याउनु हो । अर्कोतर्फ, यिनीहरुले छोडिहाले भने कसले बाजी मार्ने हो भनेर कम्तीमा एक दर्जन ‘उत्तराधिकारीहरु’ तँछाडमछाडमा लागिसकेका छन् । राजनीतिले निर्देशित नगरेपछि हुने त्यस्तै हो ।

करिब २५ सय जना केन्द्रीय नेताहरु भएको नेपाली कम्युनिस्ट पार्टीका बैठक र सन्देश सभामा उद्घोषकले वक्ताहरुको क्रान्तिकारिता, वीरता, दृढताको आरती उतार्नेछन्, लाइन लागेर तिनीहरुले केपी ओलीका बदमासीका घटनाको कैरन सुनाउने न्, दर्जन बढी पार्टीको नाम सुनाएर एकताको महानता बताइने छ, एकले अर्कोको महानताको वा आफैंले आफ्नो योगदानको प्रवचन सुनाउनेछन् ।
भविष्यको बाटो देखाइने छैन, इतिहासको बखान गरिने छ, आन्दोलनको कुरा हुने छैन, व्यक्तिको प्रशस्ती गाइने छ । तर समाजको त कुरै छोडौँ कार्यकर्तामा पनि विश्वास भर्न नसकेको तिनको लघुताभाष उदाङ्गो हुँदै जानेछ । यसरी एउटा वामपन्थी राजनीतिक पार्टीका रुपमा त्यसले गति लिने छैन । चलाखीमा प्रवीण कमरेड प्रचण्डले यस्तो बेला अर्को क्रमभङ्ग खोज्न सक्छन् । स्वार्थको रोटी भाग मिलाउन सके भने कमरेड प्रचण्ड र ओली मिलेर फेरि ‘महान् एकता’ को दुस्खान्त प्रहसन गर्न सक्छन् ।

क्रान्तिकारीहरुका लागि यो असाधारण चिन्ता र चुनौतीको परिस्थिति हो । वर्तमानभन्दा भविष्य डरलाग्दो देखिएको समय हो । तर तथाकथित महान् नेताहरुका सबै प्रयोग असफल भएर तिनका नालायकीका सबै पर्दाहरु च्यातिएको बेला पनि हो यो । क्रान्तिकारीहरुका लागि मैदान खाली भएको बेला पनि हो । चौतर्फी निराशा, उकुसमुकुस र पलायनको यो बेला मुलुकका रुपान्तरणकारी मुद्दाका साथ लोकतान्त्रिक पार्टी निर्माणको नयाँ पहलकदमीले देशभरिका क्रान्तिकारीहरुलाई एउटा नयाँ बाटो दिन्छ । मुलुकको समृद्धि र समाजवादी कार्यक्रमको आधारमा बृहत् वाम एकताको ढोका खुल्छ । नालायकी लुकाउने ठाउँ नपाएका, राष्ट्रिय हितका विषयमा कैयन् पटक आत्मसमर्पण गरेका, चाकरीबाट प्राप्त वरिष्ठताका फुलीको भारीले थिचिएका, निर्वाचनमा आफ्नो कोटा सुरक्षित देखेका, राजनीतिबाट सात पुस्ताका लागि मनग्य कमाइसकेकाहरुले यस्तो पहलकदमीलाई केही समय मजाक उडाउनेछन् । तर वैज्ञानिक विचार र एजेण्डासहित मैदानमा उत्रेपछि सानो समूहले पनि राजनीतिको भाष्य बदल्न सक्छन् भन्ने कुरा हामीले प्रमाणित गरिसकेका छौँ ।

विचारका मूलभूत प्रश्नमा हाम्रा अगाडि कुनै चुनौती छैन । सङ्गठनका प्रश्नमा अझै केही समस्या छन् । पार्टी सङ्गठन भनेको कारोबारीहरुको गठबन्धन हो भन्ने प्रचार स्थापित भएको राजनीतिमा हामीले क्रान्तिकारी पार्टी राजनीतिक नै हुन्छ भन्ने स्थापित गर्नुपर्ने छ । आज जीवित रहेको हाम्रो पुस्ताले यति काम गर्न सक्यो भने हाम्रो आन्दोलनकै इतिहासमा ठुलो योगदान हुनेछ । आउनुस् साथी, छलफल गरौँ ।

मंसिर २, २०८२

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?