© २०२३
काठमान्डौ, २ मंसिर ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ ।
सो क्रममा सञ्चारकर्मीले पक्राउको विषयमा जिज्ञासा राख्दा प्रसाईंले आफूलाई पक्राउको कारण थाहा नभएको बताएका छन् । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।
प्रसाईंलाई गएराति भक्तपुरको ठिमीस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौं र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । उनले आन्दोलन घोषणा गर्दै भड्कापूर्ण अभिव्यक्ति दिएका थिए र उनका क्रियाकलापले हिंसा भड्किन सक्ने अनुमान भएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । त्यस्तै, उनले राष्ट्रिय प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग ९एनपीएल० समेत रोक्ने चेतावनी क्यानका अधिकारीहरूलाई सार्वजनिक रूपमा दिएका थिए ।