ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बजेट कार्यक्रममा किसानमाथि स्थानीय सरकारको बेवास्ता

२७ कार्तिक २०८२, बिहीबार
२७ कार्तिक २०८२, बिहीबार

भैरहवा, २७ कार्तिक ।

रुपन्देही जिल्ला अन्तर्गतका कृषि बाहुल्यता रहेका प्रमुख पालिकाहरूले पछिल्ला चार आर्थिक वर्षमा कृषि विकासका लागि विनियोजन गरेको बजेटमा गम्भीर अस्थिरता देखिएको छ, जसले कृषि क्षेत्रको दिगो विकासको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।

प्राप्त तथ्याङ्कअनुसार, धेरै पालिकामा आर्थिक वर्ष २०७९/०८० को तुलनामा लगानी ह्वात्तै घटाइएको छ, जुन धान, तरकारी र च्याउजस्ता महत्त्वपूर्ण बालीको प्रवर्द्धनका लागि चुनौती बन्दै गएको छ ।

पालिकामा जनप्रतिनिधिहरूले आफ्नै कृषि शाखालाई विश्वास नगर्दा पालिकाको “कृषिमा लगानी बालुवामा पानी” बन्दै गएको छ । अधिकांश पालिकाले कृषिमा प्राथमिकता नै निर्धारण गर्न सकेका छैनन् भने निर्धारण गरिएका पालिकामा पनि कृषिमा न्यून लगानी रहेको छ ।

रुपन्देही जिल्लाको अन्न भण्डारको रूपमा रहेको मर्चावर क्षेत्रको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र मायादेवी गाउँपालिकामा जनप्रतिनिधिले कृषि शाखालाई न्यून बजेट मात्र विनियोजन गर्ने गरेका छन् ।

कृषिको नाममा पालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षले सोझै कार्यक्रम बनाउने र आफै कार्यान्वयन गर्ने गरेको पाइएको छ ।

“कृषि शाखाबाट काम गराउँदा नियम अनुसार हुने भएकोले आफ्नो कार्यकर्तालाई सोझै अनुदान दिन वा सामग्री वितरण गर्न गा¥हो हुन्छ,” “नाम नबताउने सर्तमा एक पालिकाका कृषि प्रमुखले भने “त्यस कारण पालिका प्रमुखले कृषि शाखालाई औपचारिकता पुरा गर्नलाई मात्र बजेट राख्ने गरेका छन् ।

अधिकांश कार्यक्रम अध्यक्ष, उपाध्यक्ष एवम् वडा अध्यक्षले सोझै बनाएर आफैँ कार्यान्वयन गर्ने गरेका छन् ।”
यो दाबीले माथिको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।

तथ्याङ्कअनुसार, धेरैजसो पालिकाले आर्थिक वर्ष २०७९/०८० मा कृषिमा उच्च बजेट विनियोजन गरे पनि त्यसपछिका वर्षहरूमा क्रमशः उल्लेख्य कटौती गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ९२ लाखको उच्च विन्दुबाट आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा बजेट ह्वात्तै घटेर ४५ लाखमा झरेको छ ।

सम्मरीमाई गाउँपालिकामा पनि आर्थिक वर्ष २०७९/०८० को ६८ लाख ८० हजारको बजेट आर्थिक वर्ष २०८०/०८१ मा ३५ लाखमा झरेको छ, जुन लगभग ५० प्रतिशतले कटौती हो । यद्यपि, त्यसपछिका दुई वर्षमा बजेटलाई रु. ३० लाखमा स्थिर राखिएको छ ।

रोहिणी गाउँपालिकामा चार वर्षमा बजेट क्रमशः २३ लाख ५० हजारबाट १२ लाखमा झरेको देखिन्छ । मायादेवी गाउँपालिका र मर्चवारी गाउँपालिकाको बजेटमा पनि केही कमी आएको छ, तर मर्चवारीले अन्तिम दुई वर्ष १५ लाखको बजेटलाई स्थिर राखेको छ ।

कृषिमा अनुदान र कृषि सामग्री (बीउ, उपकरण) वितरण विशुद्ध रूपमा कार्यकर्ता र समर्थकहरूलाई खुसी पार्ने माध्यम बनेको छ ।

यसले गर्दा वास्तविक आवश्यकता भएका, इमानदार र व्यावसायिक किसानहरू लाभबाट वञ्चित त भएकै छन्, कृषि शाखाका प्राविधिक विशेषज्ञहरूलाई बाइपास गर्दा कार्यक्रमहरू माटोको प्रकार, हावापानी, बालीको चक्र वा स्थानीय किसानको वास्तविक मागमा आधारित हुन हुन सकेका छैनन् ।

फलस्वरूप, बजेटको दुरुपयोग भई परिणाममुखी उपलब्धि हासिल हुन सकिरहेको छैन । जनप्रतिनिधि आफैँ कार्यान्वयनकर्ता बन्दा कार्यक्रमको अनुगमन कमजोर हुन्छ र वितरण प्रक्रियामा पारदर्शिताको अभाव हुन्छ ।

यसले बजेटको दुरुपयोग र भ्रष्टाचारको सम्भावना बढाएको भन्दै सरोकारवाला चिन्तित भएका छन् । कृषि शाखाका प्रमुख र कर्मचारीहरूलाई केवल “औपचारिकता” मा सीमित गरिँदा उनीहरूको मनोबल घटेको छ ।

प्राविधिक काम गर्ने जिम्मेवारीबाट वञ्चित हुँदा उनीहरू पालिकामै निष्क्रिय बस्न बाध्य छन् । सिद्धार्थनगर नगरपालिकामा कौसी खेतीलाई प्राथमिकतामा राखिएको छ ।

यससँगै सिद्धार्थनगर नगरपालिकाका प्रमुखले सिद्धार्थनगरलाई “हरियो नगर” बनाउने नारा बोकेका छन् । उनले कृषि बजेटबाट नै विभिन्न फलफूलका बिरुवाहरू पनि खरिद गर्ने गरेका छन् ।

नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र यादवका अनुसार नगरमा फलफूलका बिरुवामा अनुदान दिएर नगरवासीलाई वितरण, उन्नत विउविजनमा अनुदान, कन्ये च्याउ खेती, करेसाबारी तथा कौसी खेती प्रवर्द्धन, कृषि यन्त्र तथा उपकरणमामा अनुदान लगायतका कार्यक्रमहरू राखिएको छ ।

तर आर्थिक वर्ष २०८०/०८१ मा ९२ लाखको उच्च बजेटलाई आर्थिक वर्ष २०८२/०८३ मा ४७ लाखले कटौती गरी ४५ लाखमा सीमित गरेको छ । सहरी कृषि विकासका लागि धेरै परिवारलाई लक्षित गर्नुपर्नेमा बजेटमा आएको यो नाटकीय गिरावटले कार्यक्रमहरू केवल “टालटुले” हुने जोखिम बढेको छ ।

सम्मरीमाई गाउँपालिकामा “कृषि प्राथमिकता के राख्नुभएको छ ?” भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष विनदो श्रीवास्तव अन्यौल देखिए । खुलेर बोल्न नचाहेका उनले बल्ल बल्ल सिँचाइ मुख्य समस्या रहेको र यसैलाई आधार मानेर कृषिमा अगाडी बढेको बताए ।

तर सोही कार्यालय उपलब्ध गराएको तथ्याङ्कमा ४ हजार ५३० हेक्टर खेती योग्य जग्गामा २ हजार २ सय ६५ हेक्टरमा मात्र बाह्रै महिना सिँचाइ पुग्ने उल्लेख छ । धान र गहुँ मुख्य उत्पादन हुने क्षेत्रमा बजेट लगभग ५० प्रतिशतले कटौती हुनुले कार्यक्रम कार्यान्वयनमा गम्भीर प्रश्न उठ्छ ।

कृषि शाखामा मर्चवारी गाउँपालिकाले राम्रो नेतृत्व पाएको छ । दिनेश कुमार यादव कृषि शाखा प्रमुख हुन् । उनले रात दिन नभनी कृषकलाई प्राविधिक ज्ञान प्रदान गरिरहेको बताए ।

अहिले मर्चवारीमा केरा खेती, च्याउ र तरकारी खेतीले बिस्तारै व्यावसायिक रूप लिँदै गएका छन् । मर्चवारी १ मा स्थानीय बिभाण्ड यादवले करिब १३ विगहामा व्यवसायीक तरकारी खेती गरिरहेका छन् ।

मर्चवारी २ मा राजेन्द्र विश्वकर्मा, दशरथ बरई र गुरुदेव मुराव लगायतले च्याउ खेतीलाई व्यावसायिकता दिएका छन् । मर्चवारी गाउँपालिकाले यस्ता व्यावसायिक खेतीको सम्भाव्यता अध्ययन गरी अनुदान दिने योजनामा जोड दिनुपर्ने हो तर २० लाखको बजेटलाई घटाएर १५ लाखमा झारिएको छ ।

केरा र च्याउ खेतीजस्तो तुलनात्मक रूपमा उच्च लगानी चाहिने व्यवसायलाई प्रवर्द्धन गर्न यो बजेट अत्यन्तै सानो मानिन्छ । मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले कृषिमा लगानी कम भएको भन्ने स्वीकार गरेनन् ।

उनले केही बजेट कृषि शाखालाई दिएर बाँकी आफैसँग राखेको स्वीकार गरे । उनले कृषि शाखाको लागि मौसम अनुसारको तरकारी, धान बाली लगायतमा लाग्ने किराहरूको लागि औषधी खरिद गर्ने लगायतका कामका लागि विनियोजन गरिएको बताए ।

“अरू बजेट हामीले उपभोक्ता समिति मार्फत गर्नुपर्ने हुन्छ, त्यो हामीले पालिका र वडा मार्फत सोझै गरिरहेका छौँ ।” बरईले भने “शाखाले उपभोक्ता समिति गठन लगायतका काम गर्न सक्दैन, उसको काम फरक हो ।”

उनले यस पटक कृषिको लागि तार र पोलमा १० लाख बजेट अध्यक्ष मार्फत कार्यान्वयन गर्ने जनाए ।
रोहिणी गाउँपालिकामा तरकारी खेती प्रवर्द्धन र अनुदानमा गहुँको बीउ वितरणको योजना छ ।

बजेट घट्दै जाँदा, कृषकहरूलाई आवश्यक पर्ने मात्रा र गुणस्तरको बीउ तथा उपकरणमा पर्याप्त अनुदान उपलब्ध गराउन कठिन हुने देखिन्छ । पालिका अध्यक्ष विद्या प्रसाद यादवले भने कृषिलाई विशेष प्राथमिकता दिई अगाडि बढेको दाबी गरे ।

उनले उन्नत जातको बिउँ सुधारको लागि गहुँको बिउमा अनुदान दिने गरेको बताए । उनले कृषिमा अनुदान भन्दा पनि तालिममा जोड दिने पालिकाको प्रयास रहेको दावी गरे ।

जनप्रतिनिधिहरूले कृषि शाखालाई औपचारिकतामा सीमित गरी सोझै कृषि कार्यक्रमको कार्यान्वयन र सामग्री वितरण गर्ने भनेको सार्वजनिक खरिद ऐन र स्थानीय सरकार सञ्चालन ऐनले स्थापित गरेका संस्थागत र प्राविधिक नियमहरूलाई राजनीतिक स्वार्थमा मिच्नु हो ।

यसबाट अन्ततः कृषि विकासमा हुने लगानीको प्रतिफल कम हुन्छ र वास्तविक किसानहरूले लाभ पाउँदैनन् ।
पालिकाहरूको तथ्याङ्कले कृषि क्षेत्रलाई दीर्घकालीन लगानीको सट्टा तात्कालिक परियोजना को रूपमा लिइएको स्पष्ट देखाउँछ ।

बजेटको निरन्तर ह्रासले कृषि क्षेत्रको आत्मनिर्भरता र व्यवसायीकरणको लक्ष्य प्राप्त गर्न चुनौती थप्ने निश्चित छ । पालिकाहरूले कृषि विकासलाई प्राथमिकतामा राखेको दाबी गरिरहँदा, बजेटमा स्थिरता र पारदर्शिता कायम गर्दै, कार्यक्रमको प्रभावकारी अनुगमनमा जोड दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?