© २०२३
काठमाडौं, २४ कार्तिक ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको थापाथलीस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
यस सम्झौताअनुसार, सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
बैंकका अनुसार, यस प्रकारको सहकार्यले ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्ने र नगद कारोबारलाई घटाउँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। बैंकले समय–समयमा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन दिने ग्राहकमैत्री योजनाहरू सञ्चालन गर्दै आएको छ।
डिजिटल कारोबारमा उपलब्ध छुट र अफरसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त सिटिजन्स बैंकले यसअघि नै नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” — पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋण नम्बर सेवा, साथै क्रस बैंक टेलर सुविधा जस्ता अभिनव सेवाहरू पनि सुरु गरिसकेको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरूमार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।