ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

भैरहवा, २४ कार्तिक । 

शनिबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र  अवतरण प्रभावित भएकाले करिब साढे ५ घण्टा विमानस्थलमा हुने उडान अवतरण प्रभावित बन्यो ।

सो अवधिमा कोरियन एयरको विमान दिल्ली रफ्लाई दुबईको विमान लखनउ डाइभर्ट भएको थियो । शनिबारमात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा ईन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् ।

विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्य तर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौँको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको फ्लाइ दुबईको विमान भारतको पनि लखनउ डाईभर्ट भएका थिए ।

यी घटना प्रतिनिधिमूलक घटना मात्र हुन । नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले विमान डाईभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनु परे नेपाली विमानस्थल भन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरेको यो उदाहरण पात्र घटना मात्र हुन् ।

नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ । प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलको रूपमा भैरहवामा रहेको गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिले सम्म यहाँ एयरचाईनाको विमान ३ पटक मात्र डाईभर्ट भएको एउटा इतिहास छ ।

२०७९ जेठ १ गते, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पर्यटक लक्षित गरिएको खोलिएको यो विमानस्थल पूर्ण रूपमा सुचारु हुन नसक्दा यसले यो क्षेत्र निराश हुँदै गएका छन् ।

विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणको लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिले सम्म एयर चाइनाका बाहेक अन्य डाईभर्ट विमान अवतरण गराउन सकेको छैन ।

भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्‍यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकोले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् ।

भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।
यस बाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाईभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ ।

नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य ९ सय ७३ डलर प्रति हजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८ सय १७ डलर मात्र रहेको छ । ठुलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकोले पनि उनीहरूको रोजाइमा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन ।

दुरी रसमयको हिसाबले लखनउ भन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो । दुरीका हिसाबले काठमाडौँबाट भैरहवा गएर ल्याण्ड गर्नु भन्दा लखनउ गएर ल्याण्ड गर्न भने १ सय ४२ नर्टिकल माइल बढी पर्छ ।

तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनउ लैजाने गरेका छन् ।  विमानस्थल श्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकोमा सत्यता छैन ।

विमानहरूलाई काठमाडौँ भन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज रकम खर्चिलो हुने जानकारहरूको भनाइ छ । सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानु भन्दा सहज भैरहवा आउन हुन्छ । दुरीमा दृष्टिले केही टाढा रहे पनि काठमाडौँ जस्तो अवरोध यहाँ छैन ।

आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन । यस बाहेक लिमा ६२६ हुँदै बाहिर उडने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दुरी छोटिने सुविधा पनि रहेको छ ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाईभर्ट हुन नसक्नुको मूल कारण हो । “भैरहवाको तुलनामा लखनउ अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड हैण्लिङ्गको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,” साह बताउँछन्  ।

सुविधाको दृष्टिले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौं भन्दा धेरै सुविधा रहेको छ । विमानस्थलका प्रवक्ता साहका अनुसार भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ रन्याभिगेसन सेवा शुल्कमा शत प्रतिशत छुट प्रदान गरिएको छ ।

ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाण्डौंको तुलनामा सरदर करिब १ डलरप्रति किलोलिटर हुन आउँछ । विमानस्थल सञ्चालनको लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्य स्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका स्थानीय ठाकुर कुमार श्रेष्ठले अहिले पनि “कूटनीतिक पहल नपुगेको” टिप्पणी गरे । उनले शनिबारको घटनाले २ वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको बताए ।

“यसलाई सम्बन्धित देश र एयरलाईन्सलाई सँगै राखेर कुटनितिक पहल गर्न आवश्यक रहेको छ ।” श्रेष्ठले भने “अहिले जेनजी सरकारबाट यो विमानस्थल सञ्चालनको लागि कूटनीतिक पहल हुनेछ भन्नेमा हामी स्थानीयहरू आशावादी रहेका छौँ ।”

नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको उनको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौँको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन् । यी दुवै विमानस्थलहरूलाई मुख्यतया घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।

विमानस्थल सञ्चालनका लागि अहिले वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति नहुनु र अन्तर्राष्ट्रिय उडान धान्न सक्ने सक्षम ट्राभल ब्यवसायी नहुनु पनि विमानस्थल नियमित सञ्चालन हुन नसक्नुको कारक तत्त्वको रूपमा रहेका छन् ।

यात्रुहरूलाई अझै पनि यसका लागि काठमाण्डौंकै भर पर्नु परिरहेको छ । यसको लागि निजी क्षेत्रले नै पहल गर्नुपर्ने विमानस्थल पक्षको भनाई छ ।  अप्रिल २०२५ यता गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प रहेको थियो । यसै महिनादेखि भने एयर एसियाले सातामा २ वटा उडान गरिरहेको छ ।

विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार उडान रोकिए यता ७ वटा चार्टड उडान मात्र भएको छ । विमानस्थलमा गत वर्ष “विन्टरशेड्युल” मा १२ हजार७८७ यात्रुको आगमन भएको थियो भने ११ हजार१११ जना यहाँबाट उडेका थिए ।

२०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलको रूपमा हालको स्थानबाट सुचारु रहेको छ ।

२०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरि करिब ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?