ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

उत्साह–आस्थाको संगमः सतियामाई मेला

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

भैरहवा, २० कार्तिक  ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा लाग्ने सतियामाई मेला यस वर्ष पनि लाखौँ श्रद्धालु भक्तजनहरूले भरेका छन् ।

यो प्राचीन र ऐतिहासिक मेलामा रुपन्देही जिल्लाका मात्र नभई छिमेकी जिल्लाहरू नवलपरासी, कपिलवस्तु तथा भारतबाट समेत ठुलो सङ्ख्यामा दर्शनार्थीहरू मेला भर्न आएका थिए ।

मेला भर्न आउने भक्तजनहरूले नजिकै बग्ने रोहिणी खोलामा पवित्र स्नान गरी सतिया माईको दर्शन गर्ने परम्परा रहेको छ ।

रोहिणी खोलामा स्नान गरेपछि सतिया माईसँग मागेको मनोकामना पूर्ण हुने धार्मिक विश्वासका कारण यो मेलामा प्रत्येक वर्ष लाखौँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको हो । यस वर्ष पनि सोही आस्था र विश्वासका साथ भक्तजनहरूले माईको पूजा अर्चना र दर्शन गरेका छन् ।

यो मेलाले धार्मिक सद्भाव र सामाजिक एकताको अनुपम उदाहरण प्रस्तुत गरेको छ । नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालुहरू पनि यस मेलामा सहभागी हुन आउने गरेकाले यसको महत्त्व र आकर्षण निकै ठुलो छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेलले मेला हजारौँ वर्ष पुरानो रहेको बताए । उनले मेला नजिकै रहेको एक जना थारु थरकी महिला उनको पतिको निधनपछि सती जान खोजेको र स्थानीयहरूले नदिए पछि अहिले मन्दिर रहेको स्थानमा आएर बसेकी थिइन ।

पछि गाउँलेहरूले त्यही झुपडी बनाई दिए । मेलाको समयमा हुने भण्डारामा चिनी, तेल लगायतका खाद्यान्नको कमी हुँदा रोहिणी खोलाबाट उधारोमा बालुवा र पानी ल्याए त्यो आफै खाद्यान्नमा परिणत हुने गरेको किंवदन्ती रहेको पोखरेलको भनाई छ । उनले ऐतिहासिक मेलालाई प्रत्येक वर्ष स्थानीयहरूले नै संरक्षण गरी मनाउँदै आएको बताए ।

मेलामा ५ दिन लाग्ने गर्छ । भजन किर्तन, रामलीला सहित सतियामाताको पूजा र अन्तिम दिन कुस्ती प्रतियोगिता गरी मेलाको समापन हुने गरेको छ । यस पटक मेलामा मात्र २ लाख बढी श्रद्धालुहरूको आगमन रहेको अनुमान गरिएको वडा अध्यक्ष मदन प्रसाद पोखरलले बताए ।

बुधबार मेलामा कुनै अप्रिय घटना हुन नदिन सबै तयारीहरू गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले बताए । उनले बिहीबार कुस्ती प्रतियोगितासँगै मेलाको समापन हुने बताए । कुस्तीमा नेपालसँगै भारतीय प्रसिद्ध पहलवानहरूको पनि सहभागिता रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?