ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
दोस्रो कालिका जिल्लास्तरिय रनिङ शिल्ड–२०७९

१० स्वर्ण जित्दै कुँवरवर्ती च्याम्पियन

५ पुष २०७९, मंगलवार
५ पुष २०७९, मंगलवार

बुटवल, ५ पुस ।

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा कुँवरवर्ती ईङलिश बोर्डिङ स्कुल च्याम्पियन बनेको छ । कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा भएको प्रतियोगिताको मंगलबारको खेलमा १० स्वर्ण ३ रजत र एक कास्य पदक जित्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतियोगितामा आयोजक कालिका मानव ज्ञान मावि ९ स्वर्ण, ५ रजत र एक कास्य सहित उपविजेतामा चित्त बुझाएको छ । यसैगरी २ स्वर्ण र २ रजत पदक जित्दै एभरेष्ट तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । प्रतियोगितामा निजी तथा सामुदायिक ५० वटा विद्यालयहरुले भाग लिएका थिए ।

छात्र भलिबलमा कुँवरवर्ती ई बोर्डिङ स्कुलले स्वर्ण हात पारेको छ । फाईनल खेलमा उजिरसिह माविलाई ३–१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । पहिलो सेट उजिरसिह माविले २५–२० को अंकले अग्रता लिएको थियो । दोस्रो सेटपछि भने कुँवरवर्ती खेलमा फर्कियो । दोस्रो सेट २५–१६ अंक, तेस्रो सेट २५–१९ र चौथो सेट लगातार २५–१७ अंकले जित निकाल्दै खेलमा फर्कियो । छात्र भलिबलतर्फ नै तेस्रो स्थानका लागि भएको खेलमा न्यू होराईजन ईङलिश बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २–शुन्यको सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ईङलिश बोर्डिङ स्कुलले न्यू होराईजन ईङ्लिश बोर्डिङ स्कुलमाथि ३–० को सेटमा खेल आफनो पोल्टामा पार्न सफल भयो । बेष्ट अफ फाईभमा खेलाईएको खेलको पहिलो सेट एभरेष्ट ईङलिश बोर्डिङ स्कुलले २५–१७ अंकले जित्दै अग्रता लिएको थियो । दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–७ अंकले लगातार जित निकाल्दै उपाधि हात पारेको हो । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माविलाई २–० सेटमा पराजित गरेको छ ।

यसैगरी छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ईङ्लिश बोर्डिङ स्कुल तेस्रो भएको छ । छात्रा कबड्डीको उपाधि भने न्यु होराईजन माविले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?