Butwal Today

राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध आज सर्वोच्चमा सुनुवाइ

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शुक्रबार सुनुवाइ नसकिएको रिटको आजको सुनुवाइ न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुँदैछ ।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सरकारले फिर्ता बोलाएका राजदूतमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रूसका जंगबहादुर चौहान, साउदी अरेबियाका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन् ।