ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
दोस्रो कालिका जिल्लास्तरिय रनिङ शिल्ड २०७९

६ स्वर्णसहित कालिका शीर्ष स्थानमा

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

बुटवल, ४ पुस ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मानव ज्ञान मावि ६ स्वर्ण जित्दै अंक तालिकाको शीर्षस्थानमा कायम रहेको छ । यसैगरी ५ स्वर्ण जित्दै कुँवरवर्ती मावि दोस्रो तथा २ स्वर्णका साथ रामापुर मावि तेस्रो स्थानमा रहेको छ ।
चौथो दिनको खेलमा सोमबार भलिबल र कबड्डीका फाईनल समिकरण सम्पन्न भएका छन् ।

कालिका मानव ज्ञान माविका सलिम देवानले छात्र त्रिपलजम्पमा स्वर्ण जित्दै ब्यक्तिगत ३ स्वर्ण हात पारेका छन् । उनले १२.९४ मिटर दूरी जम्प गरे । यसैगरी नविन औद्योगिक माविका विशाल परियारले ११.४० दूरी जम्प गर्दै दोस्रो तथा न्यू होराईजनका विजय यादवले ११.३८ मिटर दूरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

छात्रातर्फ कालिका मानवज्ञानकी कृति पराजुलीले ८.६८ मिटर दूरी जम्प गर्दै स्वर्ण जितेकी छिन् । यसैगरी एभरेष्ट इङलिश बोर्डिङ स्कुलकी निशा चौधरीले ८.५२ मिटर जम्प गर्दै दोस्रो तथा नविन औद्योगिक माविकी लक्ष्मी बलालले ८.३० मिटर दूरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।

छात्र २ सय मिटर दौडमा कुँवरवर्ती माविका दिल बहादुर कँुवरले २४.६४ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण हात पारेका छन् । खेलमा जनजागृति माविका मनिष थापामगर २५.२४ सेकेण्डमा दूरी पार गदै दोस्रो र न्यू होराईजनका अंकित श्रेष्ठ २६.९२ सेकेण्डमा दूरी पार गदै तेस्रो भए ।

छात्रा २ सय मिटरतर्फ भने रामापुर माविकी पवित्रा बिकले ३०.४४ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेकी छिन् । कालिका मानवज्ञानकी कृति पराजुलीले ३१.०५ सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा कँवरवर्ती माविका रोजी थापाले ३१.३६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी छिन् ।

यसैगरी छात्र ८ सय मिटर दौडमा कँुवरवर्तीका स्वरुप दराईले २.११ मिनेटमा दूरी पार गर्दै स्वर्ण हात पारेका छन् । नविनका प्रशान्त थापाले २.१७ मिनेटमा दूरी पार गर्दै दोस्रो तथा कालिकाका लेख बहादुर झेडीले २.१८ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका छन् ।

छात्रातर्फ पनि कुँवरवर्तीकी रजनी थारुले २.५० मिनेटमा दूरी पार गर्दै स्वर्ण हात पारेका छन् । खेलमा कालिकाकी रजनी थापाले ३.०१ मिनेटमा दूरी पार गर्दै दोस्रो तथा टिकुलीगढ माविकी श्रृजना काईरीले ३.०३ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।

एथ्लेटिक्सकै छात्र ४ बाई ४ सय मिटर दौडमा कँवरवर्ती माविका शेर बहादुर क्षेत्री, प्रेम चौधरी, डिल्लीराज कुँवर र स्वरुप दराईको समूह ३.४९ मिनेटमा दूरी पार गर्दै स्वर्ण जित्न सफल भएका छन् । कालिका मानव ज्ञानका लेख बहादुर झेडी, सलिम देवान, रबी घर्तीमगर, विकास गैरेको समुह ३.५४ मिनेटमा दूरी पार गर्दै दोस्रो तथा नविनका दशान बिक, प्रशान्त थापा, सुशिल चौधरी र दिपक बिकको समूह ३.५७ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

छात्रा ४ बाई ४ सय मिटरमा कालिका मानव ज्ञान माविका रक्षा थापा, लक्ष्मी भुुषाल, अनिषा कुँवर, कृति पराजुलीको टिम ५ मिनेटमा दूरी पार गर्दै स्वर्ण जितेका छन् । कुवरवर्तीका रोजी थापा, जिना थापा, रजनी थारु, सलिना चौधरीको टिम ५.०५ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका अलिसा पाण्डे, प्रकृति थापा, लक्ष्मी बलामी, लक्ष्मी थापाको टिम ५.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन् ।

छात्र भलिबलतर्फ पहिलो सेमीफाईनलमा उजिरसिहले न्यू होराईजन मावि र कँुवरवर्तीले कालिका मानवज्ञान माविलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । यसैगरी छात्रा भलिबलको उपाधिका लागि भने न्यू होराईजन र एभरेष्ट इङलिस बोर्डिङ स्कुलका बीचमा खेल हुने छ ।

छात्र कबड्डीको पहिलो सेमीफाईनल खेलमा कालिकाले क्यानन र दोस्रो सेमीफाईनलमा सुर्यपुराले कान्ति माविलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् । छात्रातर्फ न्यु होराईजनले जनजागृतिलाई र कालिकाले न्यु होराईजनलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?