ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सिटी रिक्सा चालकलाई लाइसेन्स दिने कि रोजगारी खोस्ने ?

हजारौँ मानिसहरूको आम्दानीको स्रोत र जीवन गुजाराको साधन बनेको सिटी रिक्सा चालकहरू लाइसेन्सकै कारण विस्थापित हुने जोखिम बढेको सर्वेक्षणले देखाएको छ ।
१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार

भैरहवा, १५ कार्तिक । 

रुपन्देहीको भैरहवामा ६२ प्रतिशत रिक्सा चालकहरूसँग सवारी चालक अनुमति पत्र नरहेको विवरण सार्वजनिक भएको छ ।

विकल्प एन्ड अल्टरनेटिभ नामको संस्थाले भैरहवाको १५० बढी रिक्सा चालकहरूसँग गरेको सर्वेक्षणमा ६२ प्रतिशत बढीसँग चालक अनुमति पत्र नरहेको देखाएको छ । सहरहरूमा हजारौँ मानिसहरूको आम्दानीको स्रोत र जीवन गुजाराको साधन बनेको सिटी रिक्सा चालकहरू लाइसेन्सकै कारण विस्थापित हुने जोखिम पनि बढेको सर्वेक्षणले देखाएको छ ।

सिटी रिक्साको आगमनसँगै यसको दर्ता, लाइसेन्स, इन्सुरेन्स, र ट्राफिक व्यवस्थापन लगायतका विषयमा समस्याहरू देखिँदै आएको विकल्प एन्ड अल्टरनेटिभका वसन्त अधिकारीले बताए ।

यसमध्ये पनि अधिकांश चालकहरूसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नहुनु सबैभन्दा ठुलो र गम्भीर समस्याको रूपमा देखिएको उनको भनाइ छ । यो समस्या भैरहवामा मात्र हैन तराईका मुख्य सहरहरूमा पनि उस्तै देखिएको छ ।

विभिन्न जिल्लाका ९६३ जना ई–रिक्सा चालकहरूको सर्वेक्षणले भयावह अवस्था देखाएको उनको भनाइ छ । अधिकारीका अनुसार कोसी प्रदेशमा झन्डै ७८ प्रतिशत चालकहरूसित लाइसेन्स छैन (विराटनगरमा ८४% भन्दा बढी) ।

जनकपुरमा ८१ प्रतिशत चालकहरूसँग लाइसेन्स छैन भने लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा ६२ प्रतिशत र नेपालगन्जमा ९६ प्रतिशत भन्दा बढी चालकहरूसित लाइसेन्स नरहेको सर्वेक्षणले देखाएको उनको भनाई ।

लाइसेन्स नहुँदा दुर्घटना भएर मानिसहरू हताहत भएको खण्डमा चालकहरूलाई जेल समेत जाने अवस्था रहेको उनले बताए । “लाइसेन्स नभएकै कारण इन्सुरेन्स कम्पनीहरूले पनि तेस्रो पक्षको क्षतिपूर्तिको रकम भर्पाई गर्न असमर्थ हुन्छन् ।

क्षतिपूर्तिको रकम न्यून आय भएका चालकहरूले तिर्न नसकेको अवस्थामा जेल जाने जोखिम बढ्छ, जसले उनीहरूको परिवारको जीविकोपार्जनमाथि नै गम्भीर सङ्कट निम्त्याउँछ,” अधिकारीले भने नियमअनुसार लाइसेन्स लिनको लागि लिखित र ट्रायल परीक्षा अनिवार्य हुन्छ ।

तर, अधिकांश सिटी रिक्सा चालकहरू साक्षर नभएको कारण ट्रायल पास गरे पनि लिखित परीक्षा पास गर्न असमर्थ रहेको सर्वेक्षणले देखाएको उनले बताए । यही कारण उनीहरू लाइसेन्स लिनबाट वञ्चित भइरहेको मुख्य कारणको रूपमा रहेको छ ।

सिटी रिक्सा चालकहरूको जीविकोपार्जनको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै उन्नत नीति इन्ष्टिच्युट र विकल्प एन्ड अल्टरनेटिभले शुक्रबार भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी राज्यलाई लाइसेन्स प्रक्रिया सरल बनाउन आग्रह गरेका छन् ।

सिटी रिक्सा ठुलो र जटिल सवारीसाधन नभएकोले लिखित परीक्षाको व्यवस्था हटाई ट्याक्टरको हकमा जस्तै ट्रायल परीक्षा मार्फत अनिवार्य लाइसेन्स दिने व्यवस्था गर्न सकिने उनीहरूको सुझाव रहेको छ ।

अन्यथा लिखित परीक्षाका प्रश्नावलीहरूलाई साङ्केतिक बनाउने वा लिखित परीक्षाको ठाउँमा मौखिक अन्तर्वार्ता लिएर ट्रायल जाने प्रावधान मिलाउन सकिने विकल्प पनि रहेको विकल्प एन्ड अल्टरनेटिभका वसन्त अधिकारीले बताए ।

नीति निर्माता तथा सम्बन्धित निकायले सिटी रिक्साको व्यवस्थापन तथा चालकहरूको लाइसेन्समा देखिएको यो गम्भीर समस्यालाई प्राथमिकतामा राखी तत्काल समाधानको पहल गर्न जरुरी रहेको संस्थाले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?