Butwal Today

ओलीको घोषणा : कार्की नेतृत्वको आयोगलाई बयान दिन्नन्

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठन गरिएको आयोगलाई बयान नदिने स्पष्ट पारेका छन् ।

आइतबार सम्पादकहरुसँगको छलफलमा उनले भने, ‘केपी ओली सोझो भनेर जसले बोलाउँछन्, त्यहाँ लुकिछिपी गएर बयान दिने काम म गर्दिनँ ।’

सरकारले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको छ ।