© 2026
काठमाडौं, २ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था कायम रहेको तर अहिले त्यो अवस्था भंग भइसकेको दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण सिर्जना भएको बताएका हुन् । ‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो ।
अहिले त्रासदी छ,’ उनले भने । ‘देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गर्दै अघि बढिरहेको थियो । तर अहिले त्यो सबै भताभुंग भएको छ । देश अस्थिर र अनिश्चिततातर्फ गइरहेको छ ।’
ओलीले आफू देश र जनताप्रति पूर्ण रूपमा बफादार रहेको दाबी गर्दै भने, ‘मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि देश र जनताप्रति नै हो । मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत रोजाइको कुरा हो ।’