© 2026
काठमाडौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच सय र एक हजार दरका नोट खारेज गर्न माग गरेको छ ।
भ्रष्टाचार, तस्करी, माफिया लगायतका गतिविधिबाट सृजना भएको कालो धन नियन्त्रण गरी देशको अर्थतन्त्रलाई पारदर्शी बनाउने उद्देश्यले ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो ।
यस सम्बन्धमा पार्टीको केन्द्रीय समिति बैठकले राज्यलाई आवश्यक दबाब दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा महासचिव विप्लवको हस्ताक्षर रहेको छ ।