ट्रेंडिंग:

>> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि

कांग्रेसमा हस्ताक्षर अभियान : विशेष महाधिवेशन पक्षधरको ६ बुँदे ध्यानाकर्षण

२ कार्तिक २०८२, आइतबार
२ कार्तिक २०८२, आइतबार

काठमान्डौ, २ कार्तिक ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले जारी केन्द्रीय समिति बैठक लम्ब्याइएकोप्रति तीव्र आपत्ति जनाएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गर्दै उनीहरूले वर्तमान केन्द्रीय कार्यसमितिलाई गम्भीर बन्न आग्रह गर्दै ६ बुँदामा ध्यानाकर्षण गराएका हुन् ।

विशेष महाधिवेशनको माग गर्दै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर पार्टी नेतृत्वले अझै औपचारिक रूपमा नलिएर बैठक लम्ब्याएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे ।

पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले हस्ताक्षरकर्ताहरूका तर्फबाट तयार ध्याकर्षणपत्र पढेर सुनाएका हुन् । ‘पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतस् विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ ।’

यस्तो छ, हस्ताक्षरकर्ताहरूको ध्यानाकर्षण पत्र :

यतिबेला हामी नेपालको राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्त्वपूर्ण मोडमा छौँ । गत भदौ २३ र २४ गतेपश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ । जेनजी आन्दोलनमार्फत नेपाली समाजको वस्तुस्थिति, मनोभावना र चाहना एकमुस्ट रूपमा मुखरित भएको छ । यस दौरान नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्यौच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगौँसम्म प्रोत्साहित, रोमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ। साथै यस दौरान भएका तोडफोड, आक्रमण र आगजनीजस्ता उग्र क्रियाकलापहरू निन्दनीय छन्, जसले हामी सबै नेपालीहरूलाई सदा बिझाइरहनेछ ।

यतिखेर सबै सचेत नेपालीहरूको एउटै चासो र चिन्ता छ । अब नेपाली राजनीति कसरी अघि बढ्ला ? फाल्गुण २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन होला कि नहोला ? राजनीतिक दलहरूभित्रको उकुसमुकुसले कस्तो निकास पाउला ? यसै परिप्रेक्ष्यमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै हामी नेपाली कांग्रेसका साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छौँ । र जारी केन्द्रीय समितिको बैठकलाई सूक्ष्म रूपमा नियालिरहेका छौँ । यस सन्दर्भमा नेपाली कांग्रेसको उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू, जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षरमार्फत पार्टीको समग्र रूपान्तरण गर्ने संकल्प लिनुभएको छ, उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई हाम्रो ध्यानाकर्षण-

१. पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।

२. पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानकस्वरूप नेपाली राजनीतिमा धेरै घटनारदुर्घटनाहरू भएको पृष्ठभूमि हाम्रोसामु छ । तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ ।

३. आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको बेहोरा पुनः स्मरण गराउन चाहन्छौँ ।

४. विगत तीनवटा निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन अर्थात् पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ । त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।

५. राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला विलम्ब गर्ने,अलमलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट हामीलाई छैन । असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कार्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुंगो नभएकाले वर्तमान कार्य समितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्यत रहेको प्रस्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।

६. केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतस् विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?