© 2026
काठमान्डौ, २ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीले गरेको सचिवालय विस्तारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले चार नयाँ सदस्य थपेपछि कार्कीले सामाजिक सञ्जालमार्फत् आफ्नो असहमति सार्वजनिक गरेकी हुन् ।
रास्वपाले सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेको थियो । योसँगै पार्टी सचिवालय सदस्य संख्या १५ पुगेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले नयाँ सदस्यहरू सबै विघटित प्रतिनिधि सभाका सदस्य रहेको जानकारी दिँदै भने, “पार्टी विधानले सचिवालयमा अधिकतम २५ सदस्य राख्न सक्ने व्यवस्था गरेको छ । हामीले तोसिमा जीलाई पनि सचिवालयमा सहभागी हुन आग्रह गरेका थियौं, तर उहाँले अस्वीकार गर्नुभयो ।”
निवर्तमान सांसदसमेत रहेकी कार्कीले आज सामाजिक सञ्जालमा आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गर्दै सचिवालय विस्तारप्रति असन्तुष्टि जनाएकी हुन् ।
पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए सचिवालय विस्तार गरिएको उनको आरोप छ ।